नेकपा (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन वैशाख २० र २१ गते काठमाडौंमा हुने भएको छ ।
महाधिवेशनमा देशभरका ३५ जातीय घटक संघ, सात वटा प्रदेश महासंघ र ७७ वटा जिल्ला महासंघबाट करिब ६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) का अध्यक्ष वीरबहादुर बुढाथोकी मगरले जानकारी दिएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाललगायतले सम्बोधन गर्ने अधिवेशनको दोस्रो दिन नयाँ कार्यसमिति चयन गर्ने महासंघका महासचिव चन्द्र तामाङले बताएका छन् ।
महाधिवेशनमार्फत विभिन्न प्रस्तावका साथै राजनीतिक तथा सांगठानिक प्रतिवेदन पारित हुने मगरले बताएका छन् । नेकपा एस निकट आदीवासी जनजाति संगठनले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।