Connect with us

राजनीति

माधव नेपालले रौतहटमा विकास नै नगरेका एमाले सचिव गोकर्ण विष्टको दाबी

Published

on

नेपाल कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सचिव गोकर्ण विष्टले साढे २सय ५० वर्ष शासन गरेका शाह वंशिय पूर्व राजालाई फर्काउन असम्भव रहेको बताएका छन्।

नेकपा एमाले रौतहट गौरको नवौ नगर अधिवेशन उदघाटन गर्दै उनले राज्य संस्थालाई नेपाली जनताको शान्तिपुर्ण आन्दोलनबाट समाप्त पारेको राजालाई चिहानबाट फर्काउन सम्भव नरहेको बताएका हुन्। लोकतान्त्रिक अभ्यास सबै भन्दा रामे व्यवस्था रहेकोले निरङकुश शासन जनताले अव स्वीकार नगर्ने बताए । 

चैत्र १५ गतेका दिन राजा फर्काउने नाममा हिंसात्मक गतिविधि गरेर झन जनता टाढिएको उनले स्पष्ट रुपमा पारेका थिए। बहुदल अगाडी जनताले भोगेका पिडा ,अशान्ति, अधुरो विकास रहेको केन्द्रिय सचिव विष्टले स्मरण गराएका थिए। लाखौ युवाहरुलाई स्वदेशमा फर्काउन, उपचारलाई बलियो बनाउन ,शान्ति सुरक्षाको अनुभुति गराउन ,जनताको जिवनलाई माथि उकास्न  नेकपा एमाले पार्टी लागी परेको बताए । 

रौतहट–१ बाट ३ पटक निर्वाचित माधव कुमार नेपालले जिल्लाका जनतालाई झुक्याएको बताउँदै नेपालले धेरै काम गरेको होला, विकास गरेको होला भन्ने लाग्थ्यो तर आज रौतहट आउदाँ नेपालले जनताको लागी केही काम नगरेको अनुभुति पाएको केन्द्रिय सचिव विष्टले बताए ।

लामो समयसम्म प्रधानमन्त्री समेत रहेका माधव नेपालले रौतहटवासीसँग गदारी गरेको उनको भनाई छ। आउँदा दिनमा नेपाललाई जमानत जफत गरी पठाउन जनतासँग अपिल उनले  गरेका थिए। 

सोही अवसरमा नेकपा एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य अजयकुमार गुप्ताले गौर नगर पालिकाका मेयर शम्भु साहले माटोमा कर लगाएर जनताको भावनासँग खेलवाड गरी रहेको बताए । आफनै खेतबाट माटो ट्रेक्टरमा लोड गरी ल्याउदाँ पनि प्रति टेलर रु ७५ लिने गरेको उनले बताए । आफु मेयर हुदाँ धेरै करहरुलाई छुट दिए पनि आफु नहुदाँ वर्तमान मेयरले माटोमा कर असुली गरी जनतालाई दुःख दिइ रहेको बताए।
 
सिसवा चोकमा गेट बनाउन लाग्दाँ सडक विभागबाट अनुमति नलिएको कारण सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले गेट बनाउन रोक लगाए पनि गौर नगर पालिकाका मेयर शम्भु साहले एक कार्याक्रममा मलाई दोष लगाएको बताए । रौतहट एकका सांसद माधव कुमार नेपालले पनि जनतालाई ठगेको उनले आरोप लगाएका छन्।

नगर संयोजक भैरव पटेलको अध्यक्षतामा नेकपा एमालेका केन्द्रिय सदस्य रेखा झा, उद्धव रेग्मी, कुन्दन कुशवाहा, जिल्ला अध्यक्ष सचिदानन्द साह, नगर इन्चार्य श्याम सुन्दर पटेल, जयचन्द्र पटेल  लगायतका वक्ताहरुले सबल नेतृत्वको शुभकामना दिएका थिए ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.