Connect with us

राजनीति

नेकपा एसले रामकुमारी झाँक्रीलाई सोध्यो तीन दिने स्पष्टीकरण

Published

on

नेकपा (एकीकृत समाजवादी) ले स्थायी समिति सदस्य तथा पूर्व शहरी विकास मन्त्री रामकुमार झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर सांसद पद निलम्बनमा रहेका पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनलाई केन्द्रीय अनुशासन आयोगले ३ दिने स्पष्टीकरण सोधेको हो।

आयोगका उपप्रमुख बालचन्द्र मिश्रले असार १७ गतेको मितिदेखि लागु हुनेगरी तीन दिने स्पष्टीकरण सोधेका हुन्। झाँक्रीले असार १५ गते बुटवलमा आयोजित पार्टीनिकट युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपाल लक्षित ‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ भन्ने अभिव्यक्ति दिएकी थिइन्।

पतन्जलीको जग्गा सट्टापट्टामा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा दायर गरेको छ । विशेष अदालतले नेपाललाई ३५ लाख रुपैयाँ धरौटी लिएर तारेखमा राखेको छ । उनको सांसद पद निलम्बन छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.