Connect with us

राजनीति

रास्वपा केन्द्रिय समिति बैठकको निरन्तरता आज पनि

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( को केन्द्रिय समिति बैठक आज पनि जारी रहनेछ । हिजोदेखि काठमाडौंमा सुरू भएको बैठक आज पनि जारी रहने भएको हो ।

जारी बैठकले मुख्यतयाः सभापति रवि लामिछाने माथि सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख अजेन्डा बनाइएको छ ।

कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार जारी बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय, जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा केन्द्रित भएर छलफल भइरहेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.