नेपाल ‘ए’ ले आसाम प्रदेशको टोलीसँग खेल्ने पाँच खेलको ट्वान्टी–२० अभ्यास शृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ ९क्यान०ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार शृंखला अगस्ट २८ देखि सेप्टेम्बर १ सम्म गुहावटीमा हुनेछ ।
शृंखलामा लगातार पाँच दिन खेल हुनेछ । सुरुआती दुई खेल दिन तथा त्यसपछिका तीन खेल दिनररातमा हुनेछन् ।
नेपाली टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन् ।
नेपाली टोली
अनिलकुमार साह (कप्तान विकेटकिपर), शुभ कंसकार, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, आदिल आलम अन्सारी, पवन सर्राफ, विवेकुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर (विकेटकिपर), तृतराज दास, शेर मल्ल, युवराज खत्री