Connect with us

समसामयिक

नेपाल एसीसी यू–१६ इस्ट जोन कपको च्याम्पियन

Published

on

सिंगापुरविरुद्ध दुई विकेटको जित निकाल्दै नेपाल एसीसी पुरुष यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको छ । नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको हो ।

आज शनिबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनलमा सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा जोय थापाले सर्वाधिक २४ रन बनाए । धैर्यपूर्ण ब्याटिङ गरेका उनले ५३ बलमा तीन चौका प्रहार गरे ।

सिवान्स बजगाईंले २० रन थप्दा सुभम खनालले १८, ओपनर प्रसिद्ध जैसीले १७ र परिमार्जन यादवले १३ रन जोडे । अभय यादव १० रनमा अविजित रहे ।

सिंगापुरका कपिस वेन्कटरमनले चार विकेट लिए पनि टिमको हार टार्न सकेनन् । युभव पाण्डेले दुई विकेट लिँदा आकाश तेजा र वेदान्स गुप्ताले समान एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको सिंगापुरले ४०।५ ओभरमा सबै विकेट गुमाएर ११३ रनको योगफल खडा गरेको थियो । सिंगापुरका रोहन अस्टिन अरुनले सर्वाधिक २३ रन बनाएका थिए । कप्तान रियान नाइकले १५, वेदान्स गुप्ताले १२ र आकाश तेजाले १० रन थपे ।

नेपालका अभय यादव र सुशीलबहादुर रावलले समान तीन विकेट लिए । सुभम खनालले दुई विकेट लिँदा विपीनप्रसाद शर्माले एक विकेट हात पारे ।

नेपालले यसअघि समूह चरणको खेलमा पनि सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.