नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, केन्द्रीय सदस्य दिवाकर घले लगायतले उनीहरूलाइ बिदाइ गरेका हुन् ।
एसिया कप मंसिर १४ देखि २३ सम्म युएईमा हुँदैछ ।
समूह ‘बी’ मा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले मंसिर १४ मा श्रीलंका, १६ मा बंगलादेश र १८ मा अफगानिस्ताको सामना गर्ने कार्यतालिका रहेकाे छ ।
क्यानले शक्ति गौचनलाई मुख्य र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।
टोलीका मुख्य प्रशिक्षक गाैचन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने जानकारी दिए । ‘छोटो समयको अभ्यास भए पनि टोली सन्तुलित रहेकाे छ, मैदानमा उत्रिएपछि नतिजा के हुन्छ भन्न सकिँदैन, तर हामी उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेका छौं,’ गौचनले भने ।