Connect with us

समसामयिक

धनगढीमा जारी क्रिकेटमा सायल गाउँपालिका विजयी

Published

on

फाप्ला किक्रेट मैदानमा जारी टीम ईलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जोडेको थियो ।

सायलका अविशेक कोईरालाले ३४ रन जोडे । बलिङमा धनगढीका नवीन विक, कुशल धामी, सन्दिप कार्की र कैलास माझिले समान २ र २ विकेट लगेका थिए ।

एक सय ३५ रनको लक्ष्य पच्छ्याएको टीम धनगढी १६ दशमलव १ ओभरमा अलआउट हुदै ९२ रनमा समेटियो । धनढीका लभ माझिले २३ रन बनाउनु बाहेक अन्य ब्याटरको कम्जोर रह्यो । सायलका किरन चन्दले ३ तथा अविशेक काईरालाले २ विकेट हात पारेका थिए । 

प्रतियोगिता अन्तरगत आईतबार उत्तर त्रिशुल र संस्कार विद्याश्रम तथा आवर ड्रिम सक्कसेस ट्रेनिङ् सेन्टर र सायल गाउँपालिका विच खेल हुने छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.