विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गतेदेखि बारा जिल्लाको बरियारपुरमा चलिरहेको छ । पञ्चवर्षिय गढीमाई मेलालाई भव्य र सभ्य बनाउन मुल समिति एवम् विभिन्न उपसमितिहरुले अहोरात्र काम गरिहेका छन् ।
मेलालाई भव्य र सभ्य बनाउन ‘मास्टर प्लान’ बनाईएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवम् गढीमाई मेला मुल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले सञ्चारकर्मीलाइ बताए ।
नगरप्रमुख यादवले अनुगमन उपसमितिले अनुगमन गरे पछि मात्र मनोरञ्जन, खुद्रा पसल कहाँ राख्ने र त्यस अनुसारनै त्यस्ता साधनहरु र पसलहरुलाई व्यवस्थापन गरिएको छ। अहिले गढीमाई मेलामा दर्शनार्थीहरुको भिड दैनिक बढ्दो क्रममा रहेको छ। दैनिक लाखौं दर्शनार्थीले मेलाको अवलोकन गरिरहेकोले मेलामा व्यवस्थापनमा कुनै कसर बाकी नरहने गरि समिती र उपसमिति काम गरिरहेको मेला मुल समितिले जनाएको छ।
विश्व प्रसिद्ध गढीमाई मेलामा जसले जुन प्रयाेजनको लागि पसल राखेको ढकमा बाहेक अन्य सामाग्री बिक्री बितरण गर्न नपाउने गरी अनुगमन उपसमिती काम गरिरहेको उपसमितिका संयोजक दिपप्रकाश गुप्ताले बताए । पसल लगाउने बहानामा कसैले पैसा लिएमा अनुगमन उपसमिति कार्वाही गर्न तयार रहेको समेत उनले भने ।
विश्व प्रसिद्ध पञ्चवर्षिय गढीमाई मेलामा स्वाथ्य क्षेत्रलाई मध्य नजर गर्दै नेपाल मिडिसिटी अस्पताल र फुलकुमारी महतो मेमोरियल अस्पतालल नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने नेपाल मिडिसिटी अस्पतालका डाईरेक्टर बिजय रिमालले बताए । उनका अनुसार मेलामा २४ औं घन्टा चिकित्सक,नर्स लगायतको टोलिले शिविरमा सेवा प्रदान गरिरहेको छ ।