नेपाल समाजवादी पार्टी नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ। पार्टी महासचिव सिन्धुलीका सोनाम सिंह स्याङतानले विगतमा तीन महिने प्रशंसा अभियान सञ्चालन गरेको अभियान प्रभावकारी भएकोको फेरि पाँच महिने चलाउन लागेको बताए।
स्याङतानले प्रशंसा अभियान दुई भनेर अब पाँच महिने अभियान सञ्चालन गर्ने जानकारी दिए। स्याङतानका अनुसार प्रशंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रुपमा रहने छ ।
‘हामीले प्रशंसा अभियान दुई नाम दिएर पाँच महिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘प्रशिक्षण, संगठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो। जनताको मुद्दाहरू हो यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो।’
पार्टीले ०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक संगठन सुदृढिकरण, विस्तार गरिरहेको स्याङतानको भनाइ छ ।