Connect with us

समाज

हातमा मेहंदी, नाकमा नथिया र पाउजु लगाएकी नवविवाहिताको हत्या भएको आशंका

Published

on

रौतहटमा हातमा मेहंदी, नाकमा सुनको नथिया,गोडामा चाँदीको पाउनु लगायत बिभिन्न किसिमका गहना लगाएकी, श्रृंगारबाट सजिएको एक महिलाको हत्या भएको आशंका गरिएको छ।


फिक्का हरीयोमा सेतो बुट्टा भएको कुर्ती सुरूवाल लगाएको, दुबै खुट्टामा सेतो धातु चाँदी जस्तो देखिने पायल (पाउजु) लगाएको, बाँया हातको नाडिको भागमा रातो रङ्गको धागो बाधेको, बाँया हातको औलाको भागमा मेंहदी लगाएको, नाकमा  नथिया लगाएको, खुट्टाको औलामा आकाशे रङ्गको नङ्ग पालिस लगएको, हल्का बैगनि रङ्गको लेडिज सेन्डल चप्पल १ जोर, उचाई ५ फिट २ ईन्च, शारीरिक बनावट पातलो, विशेष पहिचान वर्ण गहु गोरो , रंग अर्थात तराईको नवविवाहताको शंकास्पद हत्या भएको आशंका गरिएको  हो।

बिहीवार अपरान्ह  जिल्लाको पूर्विभेग  दुर्गाभगवती गाउँपालिका–५ स्थित झाझ खोलाको झुलुङ्गे पुलको छेउमा एकिन नाम थर वतन नखुलेको वर्ष २०÷२५ को नवविवाहिता महिलाको शव झाडीमा घोप्टो अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताएका छन् ।


अनुहार चिन्न सकिने अवस्थामा नरहेको, मृतक महिलाको घटनास्थल लाश जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृतक लास पोष्टमार्टमको लागी  प्रादेशिक अस्पताल  गौरको शव गृहमा राखिएको छ।


सुरक्षित राखिएकोमा मृतक महिलाको शव हाल सम्म सनाखत हुन नसकेकोले मृतक महिलालाई पहिचान गर्न सक्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय रौतहटको मोवाईल फोन नम्बर ९८५५०४०९९९, ९८५५०९०३७४ र हटलाईन सेवा १०० मा फोन सम्पर्क गरि जानकारी गराउनको अनुरोध गरिएको छ ।  


प्रवक्ता तथा डिएसपी रायका अनुसार घटना शंकास्पद नै रहेको छ। एक दुईदिन अघी कसैले हत्या गरी महिलाको शव त्यहाँ फालेर गएको हुनसक्ने अनुमान गरिएको छ। तत्काल घटना बारे अनुसन्धान भईरहेको छ । पोस्टमार्टम रिपोर्ट आएर अनुसन्धान सकेपछि घटना बारे यकिनका साथ भन्नसक्ने प्रवक्ता राय ले न्युज कारखानालाई जानकारी दिएका छन्।


यसरी नवविवाहिता महिलाले लगाउने सम्पूर्ण गहना लगाएको र श्रृंगार समेत गरेको अबस्थामा शव बरामद हुनु आफैंमा एउटा ठूलो घटनाको संकेत दिइरहेको छ। तराई मधेशमा पछिल्लो समयमा दाईजो लगायतको बिभिन्न कारणले नवविवाहिताको हत्या गर्ने घटनामा बृद्धि भएको छ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.