Connect with us

समसामयिक

एनपीएलः जनकपुर बोल्टसकाे लगातार तेस्रो जीत

Published

on

जनकपुर बोल्टसले लगातार तेस्रो जीत हासिल गरेको छ । पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्स सामू राखेको १३९ सय रनको लक्ष्य पुरा गर्दै ७ विकेटले जीत हासिल गरेको हो । 

नेपाल प्रिमियर लिग (एनपिएलमा) अन्तर्गत आजको पहिलो खेलमा पोखराले जनकपुरलाइक १३९ को टार्गेट दिएको थियो, जवाफमा १७.१ ओभरमा तीन बिकेट गुमाएर सो लक्ष्य पार गरेको हो । बिराटनगरलाइ ८ बिकेटले उदघाटन खेलमा हराएको जनकपुरले कर्णाली याक्सलाइ पनि ८ बिकेटमा हराएर आज पोखरासँग प्रतिस्पर्धामा उत्रिएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्न सफल भयो । पोखराका लागि मार्कस क्रिटलेले ३५, माइकल लिस्कले २५, आन्द्रेस गौसले २०, रेमन रिफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाएका थिए ।

जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, जिमी निसमले दुई तथा मोहम्मद मोहसिन  र किशोर महतोले समान एक विकेट लिएका हुन्  ।

तर, पाेखराकाे भने लगातार याे दाेस्राे हार हाे । यसअघि चितवन राइनाेजसँग ८७ रनले पराजित भएर अाएकाे पाेखरा अाज जनकपुर बाेल्टससँग मैदानमा उत्रिएकाे थियाे । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.