Connect with us

समसामयिक

महाकाली नदीमा तुइनबाट खसेर एक जना बेपत्ता

Published

on

दार्चुलाको भूगोलमा पर्ने महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिएका छन् ।

दुम्लिङ्ग (नेपाल) बाट भारततर्फ तुइन मार्फत जाँदै गर्दा डोरी चुडिएर बुढाथोकी महाकाली नदीमा खसेको प्रहरी निरीक्षक रावतले बताएका छन् । नेपालतर्फ दुम्लिङ्ग र भारततर्फको गर्भाधार क्षेत्रमा वारपार गर्न अवैध रूपमा तुइन लगाउने गरिएको छ ।

बेपत्ता बुणथोकीसँगै अन्य दुई जना स्थानीय एकै पटकमा तुइन तरिरहेका बेला डोरी चुडिएको बताइएको छ । सँगै तुइन तरिरहेका अन्य दुई भने सकुशल छन् । घटना आज मध्यान्ह १२ बजेतिरको हो ।

बेपत्ता बुढाथोकीको खोजीकार्यका लागि मातहत प्रहरी युनिटहरूलाई निर्देशन दिएको प्रहरी निरीक्षक रावतले बताए। घटनास्थल जिल्ला सदरमुकाम खलङ्गाबाट उत्तरमा पर्छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.