Connect with us

राजनीति

प्रधानमन्त्रीको चीन भ्रमण तालिका सार्वजनिक, मंसिर १८ गते सि जिनपिङसँग भेटवार्ता हुने

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण चार दिने हुने भएको छ । 

मंसिर १७ गते चीन जान लागेका ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।

जसका लागि मंसिर १८ को मिति तय गरिएको छ । उनी बेइजिङबाहेक अन्य कुनै सहरमा जाने छैनन् । 

मुख्यतयाः चीनको ठुलो परियोजना बिआरआई कार्यान्वयन सम्झौता गर्नका लागी चीन जान लागेका प्रधानमन्त्री ओली सोही सम्झौताका बारेमा बढी केन्द्रित हुनेछन् । 

त्यसको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा पाँच दिन अगावै मंसिर १३ गते चीन जानेछिन् । मुख्यतयाः चीनको ठुृला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ । 

विआरआइ सम्झौता कार्यन्वयनका लागि देशमा दुइ धार देखा परे पछि प्रधानमन्त्री ओलीले आज पुर्व प्रधानमन्त्री, पुर्व परराष्ट्र मन्त्री, कुटनीतिक क्षेत्रका बिज्ञ र चिनियाँ जानकारसँग छलफल गर्दैछन् । 

प्रधानमन्त्री ओली मंसिर २० मा स्वदेश फर्किने छन ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.