Connect with us

समसामयिक

प्रधानमन्त्री कपः लगातार छैटौं खेलमा प्रहरीको जित

Published

on

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई छैटौं खेलसम्म पनि कायम राखेको छ ।

सिद्धार्थनगर क्रिकेट मैदानमा बुधबार पुलिसले गण्डकी प्रदेशविरुद्ध सात विकेटको सहज जित दर्ता गरेको हो । यो जितसँगै शीर्षस्थानको पुलिसले ६ खेलमा १२ अंक जोडेको छ । पराजित गण्डकी समान खेलबाट दुई अंकका साथ पुछारमा रहेको छ ।

गण्डकीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो भने पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा ६ छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । 

यसैगरी अर्जुज साउद १८ र दिलिप नथा १० रनमा अविजित रहे । तेस्रो विकेटका लागि दीपेन्द्र र अर्जुनले ६५ रनको साझेदारी गरेका थिए ।  गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले समान एक विकेट लिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.