Connect with us

समसामयिक

राष्ट्रपति पौडेलले गरे भारत र मलेसियाका लागि राजदूत नियुक्त

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन्। 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकरप्रसाद शर्मालाई भारत र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छिन्  ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकर प्रसाद शर्मालाई गणतन्त्र भारतका लागि र डा. नेत्र प्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’  जारी विज्ञप्तिमा भनिएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.