Connect with us

राजनीति

प्रधानमन्त्री ओलीले गरे, एससीओ शिखर सम्मेलनलाई सम्बोधन

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । ओलीले आज अपरान्ह उक्त शिखर सम्मेलनलाई सम्बोधन गरेका हुन् । ओलीले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाइ राखेका छन् ।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा हिजो आइतबारदेखि सुरू सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गरेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली अस्ति भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीन छन् । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम समेत जारी छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.