प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण पूरा गरी गएरािित स्वदेश फर्किएका छन् । भूपरिवेष्ठिक विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन उनी १८ साउनमा तुर्कमेनिस्तान गएका थिए।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न गृहमन्त्री रमेश लेखकसहित उच्च अधिकारी विमानस्थल पुगेका थिए। विमानस्थलमा प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा सम्मेलनमा सहभागीता नेपालका लागि लाभदायक भएको उल्लेख छ । जसमा भनिएको छ–
‘यस महत्वपूर्ण सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीज्यूको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको छ। नेपाललगायत भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूले सामना गर्दै आएका समस्याहरूको समाधान गर्न र हित प्रवद्र्धन गर्न नेपालले स्पष्ट आवाज उठाएको छ। सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएका द्विपक्षीय भेटघाटहरूबाट मित्र राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ। साथै, नेपाल र संयुक्त राष्ट्र संघबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउन मद्दत पुगेको छ।’