Connect with us

समसामयिक

विवाद पछि पुष्पाः२ को गीत हटाइयो युट्युबबाट

Published

on

अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पा २ः द रुल’ रिलिजअघि नै विवादमा पर्दै आएको छ । फिल्मले बक्स अफिसमा मनग्य कमाइ गरेपनि फिल्मलाई लिएर चलिरहेको विवाद भने अन्त्य हुन सकेको छैन ।

फिल्मको प्रदर्शनको क्रममा एक महिलाको मृत्युको घटना अझै शान्त हुन सकेको छैन भने अर्कोतिर यसको रिलिज गीत  ‘दामुन्टे पट्टुकोरा’ लाई लिएर विवाद बढेको छ । गीतमा पुष्पराजले शेखावतलाई चुनौती दिएका छन् ।

उनी भन्छन्,  ‘हिम्मत छ भने मलाई समात ।’ यो गीत फिल्ममा फहद फासिलको क्यारेक्टर एसपी भंवर सिंह शेखावतका लागि बनाइएको भए पनि सामाजिक सञ्जालमा ठूलो विवाद सृजना भएपछि निर्माताले यो गीत युट्युबबाट हटाउनु परेको थियो ।

वास्तवमा नेटिजनहरूले यो गीतमा प्रश्न उठाइरहेका थिए र भनेका छन् कि संध्या थिएटर भागदण्डको घटनामा निर्माताहरूले पुलिस अधिकारीहरूलाई निशाना बनाएका छन्। यही विवादका कारण उक्त गीत फिल्म रिलिज भएकाे २२ दिन पछि युट्युबबाट हटाइएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

हैदराबादको सन्ध्या थिएटरमा फिल्मको प्रिमियरको क्रममा भागदौडमा ३५ वर्षीया महिला रेवतीको मृत्यु भएको थियो भने उनको ८ वर्षीय छोरा गम्भीर घाइते भएका थिए जसको अवस्था निकै नाजुक रहेको बताइएको छ ।

अल्लु अर्जुनले यस विषयमा कानुनी कारबाही भोगिरहेका छन् । यस घटनापछि उनलाई १३ डिसेम्बर २०२४ मा पक्राउ गरी १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो । तर, उनले सोही दिन जमानत पनि पाएका थिए । हाल सो घटनामा परेका परिवारलाइ पुष्पाः २ को टिमले २ करोड दिने घोषणा गरेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.