Connect with us

राजनीति

मन्त्रालयको नाम र मन्त्रीहरुको जिम्मेवारी सामान्य हेरफेर, प्रधानमन्त्रीसँग तीन वटा मन्त्रालय

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्तालयको नाम र मन्त्रीअरुको जिम्मेवारी सामान्य हेरफेर गरेका छन्। आज बिहीबार गरिएको हेरफेरमा प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन गरी तीन वटा मन्त्रालय आफूसँगै राखेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रालय र मन्त्रिीहरुले जिम्मेवारी हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्ति मार्फत जनाएका छन्।

मन्त्रालयको संख्या २२ बाट घटाएर प्रधानमन्त्रीसहित १८ वटामा सीमित गरिएको छ । यसबाट राज्य कोषलाई वार्षिक न्यूनतम छ, सात अर्ब खर्च जोगिने छ । सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ सिर्जना गरेको छ । २०६२ ६३ को जनआन्दोलनपछिको सरकारले शान्ति तथा पुर्ननिर्माण मन्त्रालय स्थापना गरेको थियो, जो अहिले अस्तित्वमा छैन ।

Continue Reading

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.