श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा सर्मथन गर्ने भएपछि श्रम संस्कृति पार्टीले ठाकुरको उम्मेदवारी दर्ता गराएको छ ।
ठाकुरको प्रस्तावक श्रम संस्कृति पार्टीकै आरेन राई छन् भने रास्वपाका अशोक चौधरी र श्रम संस्कृति पार्टीका अम्बिकादेवी संग्रौलाले समर्थन गरेका छन् । रास्वपाको सर्मथनमा २५ वर्षिय ठाकुर उपसभामुख बन्न लागेकी हुन् ।