Connect with us

समसामयिक

तरबारले ‘केक’ काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा

Published

on

काठमाडौंबाट सात जना गुन्डा पक्राउ परेका छन्। केक काट्ने बहानामा हतियार प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत् आतंक फैलाएको आरोपमा प्रहरीले गुन्डाहरू पक्राउ गरेको हो।

बुधबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौं-२६ पवित्रनगर बस्ने २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका-६ घर भई काठमाडौं पवित्रनगर बस्ने ३६ वर्षीय मनोहर थापामगर,  गोरखा आरुघाट गाउँपालिका-७ घर भई पवित्रनगर नै बस्ने २७ वर्षीय सुमन पराजुली रहेका छन्।

यस्तै, काभ्रे रोशी गाउँपालिका-७ घर भई भक्तपुर सूर्यविनायक बस्ने २६ वर्षीय रोशन तामाङ, तनहुँ भानु नगरपालिका-११ घर भई पवित्रनगर बस्ने ३९ वर्षीय गुणबहादुर गुरुङ, गोरखा आरुघाट गाउँपालिका-६ घर भई पवित्रनगर बस्ने २९ वर्षीय पदमबहादुर मगर र दोलखा बैतेश्वर गाउँपालिका३ घर भई काठमाडौं-७ सुकेधारा बस्ने ३९ वर्षीय गोपाल मोक्तान रहेका छन्।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार १०/१५ जनाको समूहमा रहेका गुन्डाहरूले टिकटकलगायत सामाजिक सञ्जालमा तरबार र खुकुरीले केक काटेको भिडिओ पोष्ट गरेका थिए।

‘उनीहरूको विगतको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको छ, आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ,’ एसएसपी बस्नेतले भने, ‘गुन्डाहरूविरूद्ध हाम्रो अपरेसन सुरू भएको छ।’

गत शुक्रबार नयाँ कार्यालय प्रमुखको रुपमा हाजिर भएपछि बस्नेतले राजधानीमा गुन्डाहरूको गतिविधिमाथि निगरानी बढाइएको बताएका थिए।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.