Connect with us

राजनीति

पत्रकार महासङ्घ काठमाडौंको अध्यक्षमा शोभा अर्याल निर्वाचित

Published

on

नेपाल पत्रकार महासङ्घ काठमाडौं जिल्ला शाखाको अध्यक्षमा शोभा अर्याल निर्वाचित भएकी छन् । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार अर्याल ४ सय १५ मत प्राप्त गरी पनर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी पुस्कर बस्नेतले २ सय २२ प्राप्त गरे ।

बस्नेत प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलका उम्मेदवार थिए । काठमाडौं देशभरीमा सबैभन्दा बढी सदस्यता भएको शाखा हो ।

खुला उपाध्यक्ष पदमा हेमबहादुर राना निर्वाचित भएका छन् । उनलृे २ सय ६६ मत प्राप्त गरे । समावेशी उपाध्यक्षमा कान्ति न्यौपाने ४ सय १३ मतसहित निर्वाचित भएकी छन् ।

खुल्ला सचिवमा रमेशकुमार बोहरा ३ सय ४३ मतसहित निर्वाचित भएका छन् भने खुल्ला सहचिवमा विक्रम रत्न २ सय ८२ मतसहित निर्वाचित भएका छन् । समावेशी सहसचिवमा इश्वरी अधिकारी ३ सय ८३ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा रामचन्द्र कार्की ३ सय १ मतसहित निर्वाचित भएका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.