Connect with us

राजनीति

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

Published

on

नेपाल पत्रकार महासंघको सात दशकको इतिहासमा निर्मला शर्मा पहिलो महिला अध्यक्ष निर्वाचित भएकी छन् । प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट अध्यक्षको प्रत्यासी बनेकी शर्मा चार हजार दुई सय ८२ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएकी हुन् । उनका प्रतिद्वन्द्वी प्रेस सेन्टर, विद्रोही प्रेस युनियन, समाजवादी प्रेस संगठन प्यानलका रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरेका छन् ।

शर्मा नेतृत्वको चौतारी र युनियन गठबन्धनबाट अध्यक्षसहित ११ पदाधिकारी र पाँच जना खुला केन्द्रीय सदस्य निर्वाचित भएका छन् । शर्मा गष्ठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महिला उपाध्यक्षमा नितु पण्डित, महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । आचार्यले चार हजार दुई सय ३०, बागचन्दले चार हजार दुई ९२, पण्डितले चार हजार सात सय पाँच र महासचिव दाहालले चार हजार ८४ मत पाए ।

खुला सचिवमा रमेश खतिवडा, समावेशी सचिव सविन प्रियासन, मधेसी सचिव अशोककुमार तिवारी, महिला सचिव सोनी शर्मा, दलित सचिव प्रकाश धौलाकोटी, एसोसिएट सचिव वैकुण्ठ पराजुली र लेखा संयोजकमा केसी लामिछाने विजयी भएका छन् । कोषाध्यक्षमा भने प्रेस सेन्टर, विद्रोही प्रेस युनियन र समाजवादी प्रेस संगठन गठबन्धनका रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । खुला सदस्यतर्फ शर्मा प्यानलबाट लवदेव ढुंगाना, मुकुन्दप्रसाद भण्डारी, रामेश्वर कार्की, भूपेन्द्र आचार्य र छविलाल तिवारी विजयी भएका छन् ।

भूगोलतर्फ शर्मा प्यानलबाटै कोशीमा कमलमणि रिमाल र शंकर खरेल, मधेश प्रदेशमा राजेशकुमार कर्ण, बागमती प्रदेशमा नवराज पथिक र नारायण अधिकारी, गण्डकीमा कृष्ण केसी र केबी राना, लुम्बिनीमा विकास बन्जाडे र रामराज पोखरेल, कर्णाली प्रदेशबाट तुलराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय, सुदूरपश्चिमबाट योगेन्द्रबहादुर बलायर र सुरेश पन्त, प्रतिष्ठानबाट सविता शर्मा, एसोसिएट्सबाट पवित्रा मुडभरी, महिला मधेशीबाट रुविकुमारी रौनियार, आदिवासीबाट माला मालुङ्वा, खसआर्यबाट लीला शाह योगी, दलितबाट सिकेन्द्र पासवान, दलित महिला, आदिवासी जनजातितर्फ भरत जर्घामगर, आदिवासी जनजाति महिला देवी घर्तीमगर, मधेशीबाट राजकरण महतो, मधेशी महिला ललिता साह, अपांगता भएका समूहबाट भूपराज बस्याल, अल्पसंख्यकबाट लक्ष्मण थामी र लेखा सदस्य केशवप्रसाद बोहरा निर्वाचित भएका छन् ।

त्यस्तै, विष्ट नेतृत्वको प्यानलबाट कोषाध्यक्ष अधिकारीसँगै कोशी प्रदेशमा राजु विश्वकर्मा, प्रतिष्ठानबाट वीरेन्द्र ओली, उपत्यकाबाट सूर्य सुवेदी र अर्जुन पन्त, रीता बुढाथोकी केन्द्रीय सदस्य निर्वाचित भएका छन् । दुवै प्यानलमा नपरेकी मनुका कुँवरले स्वतन्त्र हैसियतमा एसोसिएट्सबाट केन्द्रीय सदस्य जितेकी छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.