Connect with us

समसामयिक

दिल्लीकाे कुस्ती प्रतियाेगितामा सुरेश चुनाराले जिते काँस्य पदक

Published

on

भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्ल्यूडब्ल्यू एसियाली बेल्ट कुस्ती (अलिश) च्याम्पियनसीप- २०२५ मा नेपालका सुरेश चुनाराले काँस्य पदक जितेका छन्।

दिल्लीस्थित तालकटोरा इनडोर स्टेडियममा आयोजित प्रतियोगिताको ८० केजी पुरुष फ्री स्टाइल प्रतिस्पर्धामा चुनाराले शनिबार तेस्राे स्थान प्राप्त गर्दै काँस्य पदक जितेकाे नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाकारी दिए। उक्त प्रतिस्पर्धामा काजकिस्तानका अइबाेलाेट अमानाेभ पहिलाे तथा भारतका कुभेनु पुराे दाेस्राे भएका थिए।

आयोजित सम्मान समारोहमा सुरेश चुनारालाई आयोजक संस्थाहरू एआइटीडब्ल्यूपीएफ, एशियन अलिश फेडेरेसन र वर्ल्ड अलिश फेडेरेसनका प्रतिनिधिहरूले प्रमाणपत्र र पदक प्रदान गरेका थिए। एसियाका विभिन्न राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको प्रतियाेगितामा चुनाराले अनुशासन, मेहनत र समर्पणसहित प्रदर्शन गरी कांस्य पदक प्राप्त गर्न सफल भएकाे संघका अध्यक्ष कुसारीले बताए।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.