Connect with us

राजनीति

टुङ्गिएन शिक्षक र सरकारबिचको वार्ता, आन्दोलन आज पनि जारी रहने

Published

on

आन्दोलनरत शिक्षक महासंघ र सरकार बिचको बार्ता अझै सफल हुन सकेको छैन ।

सोमवार राती अबेरसम्म भएको वार्ता निष्कर्ष बिहिन भए पछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।

‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन, हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौ, हाम्रो आन्दोलन जारी छ,’ अध्यक्ष लक्ष्मी किशोर सुबेदीले राती नै भनेका थिए ।

आज बिहान उनले आन्दोलनमा सहभागी हुनका लागि पहिला झै माइतीघर मण्डलामा आउन अनुरोध गरेका छन् । ‘हाम्रो आन्दोलन जारी छ, आज पनि ठिक ११ः ०० बजे माइतीघर मण्डला आउनुहोला’ उनले भनेका छन्, ‘राज्य दिन चाहँदैन्, आन्दोलन बिना केही पाईदैन् । त्यसैले आन्दोलन बलियो गराऔ।’

गत चैत २० गते देखी जारी आन्दोलन आज २७ औं दिन पुगेको हो । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.