नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा पदाधिकारीहरुको स्थानबाट एमालेले शीर्ष नेताको वरीयता संकेत गरेको छ । अध्यक्षपछिको दोस्रो वरीयतामा उपाध्यक्ष रामबहादुर थापा बादल बसेका छन् । उनी यसअघि साविक नेकपामा पनि तत्कालीन महासचिव विष्णु पौडेलभन्दा माथिल्लो वरीयतामा रहेकाले सोही वरीयता कायम भएको हो ।
त्यस्तै बादलपछि विष्णु पौडेलको वरीयता छ भने त्यसपछि क्रमशः पृथ्वीसुब्बा गुरुङ,गोकर्ण विष्ट र रघुजी पन्तको वरीयता कायम छ । गुरुङ यसअघि उपमहासचिव र विष्ट सचिव थिए भने पन्त स्थायी कमिटी सदस्यबाट उपाध्यक्ष निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षपछि महासचिव शंकर पोखरेल र त्यसपछि उपमहासचिवहरु क्रमशः लेखराज भट्ट,रघुवीर महासेठ र योगेश भट्टराईको आसन मिलाइएको छ । अघिल्लो कमिटीको सचिवमा रघुवीरभन्दा योगेश माथिल्लो वरियतामा रहेका थिए । यो सीट प्लान नेताहरुले बसेअनुसार भए पनि वरियता सिनियरिटीका आधारमै पार्टीले तोक्ने एक नेताले बताए ।
सचिवहरुको लहर सचिवमा चाहिँ वरियता प्रष्ट पारिएको छैन छबिलाल विश्वकर्माभन्दा महेश बस्नेत अघि बसेका छन् । त्यसपछि क्रमशः छविलाल विश्वकर्मा,पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, शेरधन राई, यामलाल कँडेल, ड. ।राजन भट्टराई, हिक्मत कार्कीको राखिएको छ ।
यसअघिको कमिटीमा सचिवहरुको वरियता क्रमशः लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्यालको थियो । ११ औं महाधिवेशनबाट गोकर्ण उपाध्यक्ष, लेखराज र योगेश उपमहासचिव भएकाले अघिल्लो कमिटीको बरियता अनुसार छबिलाल अनि पद्मा हुने देखिन्छ । त्यसपछि नयाँ सचिवहरुको वरियता हुनेछ
सचिवहरुपछि लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र अनुशासन आयोगका अध्यक्ष भरत पहारीको राखिएको छ ।
नेपाल प्रेस