Connect with us

राजनीति

नेकपा (एमाले) को सचिवालय बैठक बस्दै

Published

on

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक अपराहन्न २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन् । 

उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

आँफैले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महशुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ । सरकारमै रहेको दलहरुले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.