Connect with us

राजनीति

प्रतिनिधिसभा बैठक आज पनि स्थगित

Published

on

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ। बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

यसअघि हिजो मंगलबार पनि बैठक बस्दै नबसी स्थगित भएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख पैतिपक्षहरुले संसद अवरुद्ध गर्दै आएका छन् । तर, सत्तँ पक्ष राजीनामा नदिने ढिपी कस्दै आएको छ । प्रतिपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा बाहेक उच्चस्तरीय छानबिन समिति गठनलाई समेत बटमलाइन बनाइरुहेका छन्।

१ बजे बस्ने भनिएको बैठक बस्न नसकेपछि दिउँसो सवा ३ बजेसम्मलाई सारिएको थियो। उक्त समयमा पनि बैठक बस्न नसकेपछि भोलिसम्मलाई सारिएको हो।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.