यसै वर्ष हुने आईसीसी टी–२० विश्वकपका निम्ति नेपालको राष्ट्रिय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले मंगलबार प्रतियोगिताका निम्ति १५ सदस्यीय टोली घोषणा गरेका हुन् ।
भारत र श्रीलंकामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालको सबै खेल भारतको वान्खडे रंगशालामा हुनेछ ।