Connect with us

समसामयिक

आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जीत

Published

on

नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जीत हासिल गरेको छ ।

बुधबार नेपालले मुलपानी माथिल्लो क्रिकेट मैदानमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेको हो ।

हङकङले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले जम्मा १२.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि साहिल पटेलले अविजित ४२, कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाएका छन् ।

हङकङका लागि एकमात्र विकेट सायन पुरीले लिएका हुन । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको थियो । 

जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार बेहोरेको हङकङ अंकविहिन छ ।

यसअघि नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो भने हङकङ पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएर नेपालसँग भिडन आएको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.