Connect with us

अन्तर्राष्ट्रिय

नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्ः डेनमार्क सरकार

Published

on

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रूटबीचको वार्ताको भोलिपल्ट डेनिस सरकारले बिहीबार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले ग्रीनल्याण्डका विषयमा डेनमार्कका तर्फबाट वार्ता गर्न नसक्ने जनाएको छ ।

बुधबार रुटसँगको भेटपछि ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्रमा सम्झौताको ‘फ्रेमवर्क’ मा पुगेको बताए । डाभोसको स्विस स्की रिसोर्टमा भएको विश्व आर्थिक मञ्चको सम्झौताको सबै विवरण अझै सार्वजसिनक भइसकेको छैन ।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले डेनमार्कको एक टेलिभिजनसँग भनिन, “डेनमार्क र ग्रीनल्याण्डको हैसियत समान छ, र हाम्रो सार्वभौमिकताका बारेमा हिजो नेटोसँग कुनै वार्ता भएको थिएन। डेनमार्क र ग्रिनल्याण्डको विषयमा निर्णय उनीहरूले नै गर्न सक्छन्,” उले भनिन्।

अमेरिका र डेनमार्कले सन् १९५१ मा ग्रिनल्याण्डसम्बन्धी सन्धिमा पुनः वार्ता गर्ने सहमति भएको ट्रम्प र रुटबीच भएको वार्ताबारे जानकार एक स्रोतले बिहीबार एएफपीलाई बताएको छ । ग्रिनल्याण्डमा अमेरिकी सैन्य अखडालाई अमेरिकी सार्वभौमिकताअन्तर्गत राख्ने विषयमा वार्ताका क्रममा छलफल नभएको स्रोतले जनाएको छ ।

डेनमार्कका रक्षामन्त्री ट्रोएल्स लुन्ड पौल्सेनले बिहीबार सामाजिक सञ्जालमा रुटले डेनमार्क वा ग्रिनल्याण्डका तर्फबाट सम्झौता गर्न नसक्ने बताएका छन् ।

उनले भने, “रुटले नेटोभित्र एकता कायम गर्न वफादारीका साथ काम गर्नुभएको थियो । यो ‘धेरै सकारात्मक’ कुरा थियो तर गठबन्धनले आर्कटिक सुरक्षालाई बलियो बनाउन अझ बढी गर्न चाहेको थियो।

उनले थपे, “हामी राज्यका केही भागहरूमाथि सार्वभौमिकता छोड्ने छैनौँ । यसबारे हामी स्पष्ट छौँ ।”
रासस/एएफपी

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.