Connect with us

समसामयिक

सिकारीबाट जोगिएका गैँडा कालगतिले मर्दै

Published

on

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा २५ वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपुरको अमलटारी सेक्टरको बाँदरझुला क्षेत्रमा २५ वर्षको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिएका छन् ।

मगरका अनुसार गैँडा दलदलमा फसेर मरेको हो । जसको खाग र खुर सुरक्षित छ । चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मरेको यो चौथो गैँडा हो । गत आर्थिक वर्षमा यहाँ २८ वटा गैँडा मरेका थिए ।

दुई वर्षदेखि चोरी सिकारीको निसानाबाट बचेका छन् । तर, प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढेको छ । अन्तिम पटक २०८० कात्तिक ३० गते चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गतको चपरचुली क्षेत्रमा खाडलमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसयता तस्करको निसानाबाट जोगिँदै आएका छन् । तर। प्राकृतिक कारणले मरिरहेका सूचना अधिकारी मगरले जानकारी दिएका छन् ।

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९५ वटा गैँडा रहेका छन् । त्यसबाहेक पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा आरक्षमा ५७ वटा गैँडा रहेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.