Connect with us

समसामयिक

चालक जिम्मेवार भएमात्र दुर्घटना जोखिम न्यून हुने

Published

on

कुनै पनि सवारी साधनको चालक पूर्ण जिम्मेवार भएर चलाएमा मात्र सवारी दुर्घटनाको जोखिम न्यून हुने एक कार्यक्रमको बक्ताहरुले बताएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटको समन्वय तथा अस्थाई ट्राफिक प्रहरी पोष्ट गरुडाको आयोजनामा सनिवार गरुडामा सम्पन्न दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले उक्त विचार राखेका हुन्।

कार्यक्रमका प्रमुख अतिथी गढीमाई मेयर श्याम प्रसाद यादवले सावधानी नअपनाई लापरवाही गरी तिब्रगतिमा गाडी चलाउने दुर्घटनामा परी मानिसहरू अकालमै ज्यान गुमाउन बाध्य रहेको बताएका थिए।

सबैले सचेत र सजग भई सावधानीका साथ गाडी चलाए भने दुर्घटना आफैं न्यूनीकरण हुने भएकोले आफ्नो ज्यानको ख्याल गरी सचेत भएर सवारीसाधन चलाउन मेयर यादवले सबैलाई आग्रह गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले चालकको लापरवाहीले सवारी दुर्घटना बढेको बताएका थिए। सडक, गाडीको अवस्था तथा चालक गरी यी तीन कारणले सवारी दुर्घटना बढी हुने गरेको उनले बताए। दुर्घटना जानेर नजानेर दुबै अवस्थामा हुन सक्ने भएकोले दुर्घटना हुन नदिन चालक स्वंयम जिम्मेवार हुन अवश्यक रहेको वक्ताहरुले जोड दिएका थिए।

ट्राफिक नियमको पूर्ण पालना गरी जिम्मेवार भई सवारी चलायो भने सवारी दुर्घटना कम हुने र अकालमै मृत्यु हुनबाट समेत जोगिने  उनको भनाई छ।
शहर भन्दा ग्रामीण भेगका सडकहरुको अवस्था राम्रो नभएको, पुराना र थोत्रा गाडी गुडाउने र मादक पदार्थ सेवन गरी चालकले गाडी चलाउने गरेकोले दुर्घटना हुनेगरेको इन्स्पेक्टर अधिकारीले बताए।

जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीको अध्यक्षता तथा गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुर्घटना हुनुको कारण र दुर्घटना न्यूनिकरणको उपाय बारे बृहत छलफल भएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, सरकारी कर्मचारी, व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी लगाएतको उल्लेख्य सहभागिता रहेको थियो।  ट्राफिक सचेतनालाई अभिवृद्धि गर्न सरोकारवालाहरुसँग भेटघाट तथा बृहत छलफल कार्यक्रमको आयोजना गरी दुर्घटना न्यूनिकरणको प्रयास गरिएको अस्थायी ट्राफिक पोष्ट गरुडाका प्रमुख असई रामबली महतोले बताएका थिए।
 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.