नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । आज माघ छ गते मंगलबार निर्वाचन आयोगले बिहान १० बजेदेखि बिहान ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो ।
लुम्बिनी प्रदेश अन्तरगत पर्ने बागलुङ क्षेत्र नम्बर १ मा भने नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गरेको छ । जनमोर्चाका कृष्ण अधिकारीलाई समर्थन गरिएको नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डका सचिवालय सदस्य गोविन्द आचार्यले जानकारी दिएका छन् ।
हेर्नुहोस् नेकपाको उम्मेदवार सूची…