Connect with us

समसामयिक

‘कुलिङ पिरियड’मा षड्यन्त्र गर्नेले पद छोड्नुपर्छ: पदम गिरी

Published

on

नेकपा (एमाले)का सांसद पदम गिरीले निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ हटाउन षड्यन्त्र गर्नेलाइ कारबाही गर्नुपर्ने बताएका छन् । आज १७ असारमा सभामुख देवराज घिमिरेसँग प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यको छलफलपछि उनले षड्यन्त्र गर्नेले राजीनामा दिनुपर्ने बताएका हुन् ।

“महिनौँसँग लगाएर छलफल भएर दुई वर्षसम्म कुलिङ पिरियड राख्नैपर्छ भनेर निर्णय भएको हो । कुलिङ पिरियड नै मुख्यसचिव, सचिव, सहसचिवको हकमा लागु नहुने प्रकारले प्रतिवेदन बने पनि सदनबाट पारित भयो,” उनले भने । गिरिले संसद्को गरिमाको धूलिसात् भएको आरोप लगाए । षड्यन्त्रको छानबिन गर्ने विषयमा सभामुखसँग छलफल गरिएको उनले जानकारी दिए ।

“यसको टुंगो नलागेसम्म राज्यव्यवस्था तथा सुशासन समितिको बैठक अघि बढ्न सक्दैन । यसमा जिम्मेवार जोजो जिम्मेवार हुनुहुन्छ, नैतिकताको आधारमा कारबाही भोग्नुपर्छ, ठाउँ छोड्नुपर्छ,” गिरिले भने ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.