Connect with us

राजनीति

जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुन्छन्ः आईजीपी खापुङ

Published

on

प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको उल्लेख गर्दै उनीहरुमाथि कारबाही हुने उल्लेख गरे। ‘जेनजी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरु पनि चलखेल भएको देखिएको छ। त्यो वास्तवमा गलत हो। र त्यो अपराधिक कार्य नै हो। त्यस्ता अपराधिक कार्यहरु दण्डित हुनुपर्छ। उनीहरु क्रमशः दण्डित हुन्छन् भन्नेकुरा यहाँहरु सबै समक्ष आश्वस्त पनि बनाउन चाहन्छु,’ खापुङले भने।

जेनजी आन्दोलनपछि प्रहरीहरुको मनोबल खस्केको भन्ने भनाईमा सत्यता नरहेको बताउँदै उनले स्थानीय जनताको सहयोगमा नै सबै चौकीहरुमा पुनर्स्थापना हुन सकेको सुनाए। ‘यो आन्दोलन पश्चात आम रुपमा प्रहरीको मनोबल खस्केको जस्तो पनि देखिएको थियो, तर प्रहरीको मनोवल खस्कनुपर्ने कुनै कारण छैन,’ खापुङको भनाइ छ, ‘प्रहरीप्रति आम वर्गको अपेक्षा ठूलो छ। तर ती सबैको अपेक्षा पूर्ति गर्नसक्ने अवस्था रहँदैरहँदैन। प्रहरीले त रोक्नुपर्ने हुन्छ। नो भन्नुपर्ने हुन्छ। कुनैपनि अपराधिक गतिविधिलाई रोक्नुपर्ने हुन्छ।’ उनले समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने बताए ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.