Connect with us

अन्तर्राष्ट्रिय

बसर अल असद शासनको पतनसँगै हजारौं सिरियाली फर्किए स्वदेश

Published

on

बसर अल असदको शासन पतन भएसँगै बिभिन्न देशमा शरणार्थी जीवन बिताइरहेका सिरियालीहरू स्वदेश फर्किएका र फर्कन लागेका छन् । विभिन्न देशमा शरणार्थी जीवन जिइरहेकाहरू क्रमशः स्वदेश फर्किन थालेका त्यहाँको नवनिर्वाचित सरकारले जनाएको छ ।

जस अनुसार हजारौं(हजारौं सिरियालीहरू छिमेकी मुलुक टर्कीको सीमा हुँदै स्वदेश फर्किएको आन्तरिक मन्त्री अलि येर्लिकायाले जानकारी दिएका छन् ।उनका अनुसार अल असदको पतनको पाँच दिनमा ७ हजार ६ सय बढी सिरियाली शरणार्थीहरूले टर्कीको सीमा पार गरेर स्वदेश फर्किएका छन् ।

सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमा राख्दै आन्तरिक मन्त्री अली येर्लिकायाले डिसेम्बर ९– १३ को बीचमा प्रत्येक दिन टर्कीबाट स्वेच्छिक रूपमा फर्केका सिरियालीहरूको कुल संख्या ७ हजार ६२१ पुगेको उल्लेख गरेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.