Connect with us

राजनीति

दल दर्ताको अन्तिम दिन आज

Published

on

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन कात्तिक ३० गते (आज) आइतबारसम्म दल दर्ताको प्रमाणपत्र लिनुपर्ने निर्वाचन आयोगको समयसीमा सोमबार सकिँदै छ । आयोगले चुनावमा भाग लिन कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने गत असोज २० गते नै प्रस्ट्याएको थियो । तर हालसम्म दुई वटा नयाँ दलले मात्रै दर्ताको प्रमाणपत्र पाएका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले सोमबारबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता हुने हुँदा कात्तिक ३० गतेभित्र दर्ताको प्रमाणपत्र लिनुपर्ने आयोगको निर्णय यथावत् रहेको जानकारी गराएका छन् । उनले भने, “दल दर्ताको अवधि थप्ने विषयमा छलफल भएको छैन । अहिलेसम्म ३० गते नै कायम हो ।” आयोगले दल दर्ताको समयसीमा तोकेयता करिब २८ वटा नयाँ दल दर्ताको प्रक्रियामा छन् । श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलको मान्यता पाएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.