Connect with us

राजनीति

२१ फागुनको निर्वाचनमा भाग लिन दल दर्ता गर्ने आज अन्तिम दिन

Published

on

२१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो । १० दिनको समयावधि तोकेर १ मंसिरमा निर्वाचन प्रयोजनार्थ दल दर्ता खुलाइएको थियो । उक्त निर्वाचनका लागि हिजोसम्म ८० वटा दल दर्ता भइसकेका छन् ।

निर्वाचन आयोगमा एक सय ३२ वटा दल दर्ता भएको छन् । आजसम्म दल दर्ता गर्ने दलले आगामी फागुन २१ मा हुने चुनावमा भाग लिन पाउँछन् ।

प्रत्यक्ष पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली अन्तरगतको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी भोलिपल्ट ७ माघमा दिन पाइनेछ ।

८ माघमा उजुरी उपर जाँचबुझ एवम् मनोनयन पत्र दर्ता गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। ९ माघमा उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशनगरी निर्वाचन चिह्न प्रदान गरिने छ। यसपछि प्रचार प्रसार गरिनेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.