Connect with us

अन्तर्राष्ट्रिय

प्रजनन् दर घटेपछि टोकियोका कर्मचारीलाइ हप्ताको ३ दिन बिदा

Published

on

टोकियो सरकारले प्रजनन् क्षमता र पारिवारिक समय बढाउन कामदारहरूलाई हप्ताको ३ दिन बिदा दिने निर्णय गरेको छ । टोकियो सरकारले काम गर्ने आमाहरूलाई मद्दत गर्न र प्रजनन् दरलाई बढवा दिनको लागि सरकारी कर्मचारीहरूका लागि ३ दिन बिदा दिने निर्णय गरेको हो । 

टोकियो मेट्रोपोलिटन सरकारको अप्रिलबाट सुरु हुने नयाँ व्यवस्थाले कर्मचारीहरूले हरेक हप्ता तीन दिन बिदा लिन सक्नेछन् ।

यसले छुट्टै अर्को नीति घोषणा गर्‍यो, जसले प्राथमिक विद्यालयहरूमा कक्षा १ देखि ३ सम्मका बच्चाहरू भएका अभिभावकहरूलाई चाँडै अफिसवाट बाहिर निस्कन मिल्ने गरी उनीहरूको तलबमानमा बृद्दीसमेत गरिने भएको छ ।

‘हामी कार्यशैलीहरूको समीक्षा गर्नेछौं, त्यो पनि लचिलोपनका साथ । यो सुनिश्चित गर्दै कि बच्चाको जन्म वा बाल हेरचाह जस्ता जीवन घटनाहरूका कारण कसैले पनि आफ्नो क्यारियर त्याग्न नपरोस्,’ टोकियो गभर्नर युरिको कोइकेले उक्त घोषणा गर्दै भनिन्, ‘अब देशको लागि यो चुनौतीपूर्ण समयमा हाम्रा जनताको जीवन, जीविकोपार्जन र अर्थतन्त्रको संरक्षण र बृद्धि गर्न टोकियोले पहल गर्ने समय आएको छ ।’

जापानको प्रजनन दर, जसले धेरै वर्षदेखि तीव्र गिरावट भोगिरहेको छ, गत जुनमा त रेकर्ड न्यून पुगेको थियो । यद्यपि सरकारले युवाहरूलाई विवाह गर्न र परिवार सुरु गर्न प्रोत्साहित गर्ने प्रयासहरू भने निकै बढाएको छ।

गत वर्ष ७ लाख २७ हजार २७७ जन्म रेकर्ड मात्र कायम भएको थियो, जसमा प्रजनन दर एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने संख्या माइनस १.२ को अनुपातमा रहेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ। जनसंख्या स्थिर रहनको लागि कम्तिमा २.१ को अनुपातमा प्रजनन दर चाहिन्छ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.