Connect with us

समाज

जन्मदिनलाई सत्कर्मसँग जोड्दै पशुपति क्षेत्रमा वृक्षरोपण

Published

on

जन्मदिनसँग सत्कर्म जोडौं’ अभियान अन्तर्गत काठमाडौंस्थित आराध्यदेव पशुपति मन्दिर परिसर क्षेत्रभित्र वृक्षरोपण गरी जन्मदिन मनाइएको छ।

प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य तथा न्युज कारखानाकर्मी वरिष्ठ पत्रकार सञ्जय मिश्राले पशुपति क्षेत्र परिसरभित्र विभिन्न जातको बिरुवा रोपेर आफ्नो ५८ औं जन्मोत्सव बुधबार साँझ मनाएका हुन्। 

जन्मदिनलाई सत्कर्मबाट जोडौं अभियानका अभियन्ता नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईं, समाजसेवी दुर्गाप्रसाद चौलागाईं समेतको सहभागितामा मिश्राले रुद्राक्ष, धुपीलगायत जातका बिरुवा रोपेर जन्मदिन मनाएका थिए।

वर्तमान समयमा मानिसले आफ्नो जन्मदिनको अवसरमा ठूला-ठूला होटलमा हजारौं खर्चिनु निरर्थक रहेको तथा एउटा बिरुवा हुर्काउन सके आजीवन जन्मदिनको सम्झना दिने भएकाले वृक्षरोपण गरेर जन्मदिन मनाईएको मिश्राले बताएका छन्।

‘आफ्नो जन्मदिनमा एक-एक बिरुवा रोप्नुपर्ने सन्देश समाजमा फैलाउनु साह्रै सकारात्मक कुरा हो,’ मिश्राले भने।

बिरुवा रोपेर मात्र नहुने, यसको संरक्षण पनि गरिनु त्यति नै आवश्यक रहेको उनको भनाइ छ। पत्रकार मिश्रा रौतहटबाट न्युज कारखाना, रातोपाटी, जनकपुर टुडे दैनिक पत्रिकामा रिपोर्टिङ गर्नुका साथै उनी कटहरिया एफएमका प्रमुख समेत रहेका छन्।

नेपाली समाजलाई सभ्यता अनुसार अगाडि बढाउन सत्कर्म आवश्यक रहेको बताउँदै आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक  गोविन्दप्रसाद चौलागाईंले यो अभियानलाई देशका सम्पूर्ण भागमा पुर्‍याउनु पर्ने बताएका छन्।

यसअघि जन्मदिनलाई सत्कर्मबाट जोडौं अभियानको थालनी भएसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि नेपाल सरकारका सचिव, विभिन्न दलका नेता , राष्ट्रसेवक कर्मचारी, अभिनेता लगायतका व्यक्तित्वले विभिन्न जातका बिरुवा रोपेर जन्मदिन मनाएका थिए।

अभियन्ता चौलागाईंका अनुसार अभियान सुरु भएयता रौतहट, नुवाकोट, काठमाडौं, ललितपुर, कञ्चनपुरलगायत देशका कैयौं स्थानमा सयौं मानिसहरूले आफ्नो जन्मदिनको अवसरमा झण्डै ६ हजार बिरुवाको वृक्षरोपण गरेर मनाएका छन्।

तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष चौलागाईंको ४९ जन्मोत्सवको अवसर पारेर गत वर्षदेखि ‘जन्मदिनलाई सत्कर्मसँग जोडौं’ अभियान अन्तर्गत वृक्षरोपन कार्यक्रमको शुभारम्भ गरिएको थियो।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.