Connect with us

राजनीति

एमालेको केन्द्रिय कमिटीको बैठक आजबाट

Published

on

सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक आजबाट सुरू हुँदैछ । गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ ।

बैठक बिहान ११ बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बस्नेछ। च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका अजेन्डा पनि तय गरेको थियो ।

जसअनुसार आजको बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका विषयमा पनि उल्लेख गरिएको छ ।

साथै, सरकार गठनयताको ६ महीनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिकाबीच पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रिय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.