Connect with us

राजनीति

एकीकृत समाजवादी पदाधिकारी निर्वाचन: मत गणना सुरु

Published

on

नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको मतदान सकिएसँगै मतगणना सुरु भएको छ। 

मंगलबार साँझ १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको थियो । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीका शीर्ष नेता घनेन्द्र बस्नेतले उम्मेदारी फिर्ता लिनु भएपछि पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि दशौँ महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएपनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.