Connect with us

अन्तर्राष्ट्रिय

अमेरिकी डलरको भाउ स्थिर, युराे बढ्याे

Published

on

नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम गरिएको छ । बुधबार पनि ओमरिकी डललको खरिदबिक्री सोही मूल्यमा भएको थियो । 
बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४६ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ७६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसाले बढेको हो । यसअघि बुधबार एक युरो खरिदमूल्य १४५ रूपैयाँ ८९ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ५२ पैसामा कारोबार भएको थियो ।  
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रूपैयाँ ८१ पैसा कायम गरिएको छ । 
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ९४ र बिक्रीदर ८८ रूपैयाँ ३२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ११ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ३१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ३५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १८ पैसा तथा बिक्री दर १९ रूपैयाँ २७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ७० पैसा तथा बिक्री दर ९ रुपैयाँ ७५ पैसा कायम गरेको जनाइएको छ । 
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ २० पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५७ पैसा कायम गरेको छ । 
साथै, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रूपैयाँ ३५ पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रूपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.