Connect with us

अन्तर्राष्ट्रिय

अमेरिकामा राष्ट्रपति बाइडेनले चुनावको एक साता अघिनै आज मतदान गर्दै

Published

on

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज मतदान गर्दै छन् । मिडिया रिपोर्टका अनुसार निर्वाचन मिति आउन एक साता बाँकी रहदै राष्ट्रपति बाइडेनले आज मतदान गर्ने भएका हुन् ।

पूर्व राष्ट्रपति बराक ओबामाले गत हप्ता मेल मार्फत मतदान गरिसकेका थिए । चुनावअघि शनिबारसम्म ४.२ करोडभन्दा बढीले मतदान गरिसकेका छन् ।

एनबीसीका अनुसार अमेरिकामा करिब ७० प्रतिशत जनताले यस वर्षको चुनाव अघि मतदान गर्न सक्नेछन् । निर्वाचन अघि मतदान गर्ने यस प्रक्रियालाई अग्रिम मतदान वा पूर्वमतदान प्रक्रिया भनिन्छ । अमेरिकामा राष्ट्रपतिको निर्वाचनका लागि नोभेम्बर ५ मा मतदान हुँदैछ ।

रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस चुनावी अभियानमा व्यस्त रहेका छन् ।

पछिल्ला मत सर्वेक्षणमा ट्रम्प र ह्यारिसबीच कडा प्रतिष्पर्धा देखिएको छ । धेरै जसो सर्वेक्षणले दुवै बराबरीको अवस्थामा रहेको देखाएको छ । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.