Connect with us

राजनीति

एमालेनिकट कानून व्यवसायीको अध्यक्षमा अमर थापा मारे बाजी, यस्तो छ विजयीहरुको सूची

Published

on

नेकपा (एमाले) निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिपिएलए) को अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा निर्वाचित भएका छन् । थापा २५६ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी ओमप्रसाद थपलियाले २१३ मत प्राप्त गरे । जो संस्थापनका उम्म्ेदवार थिए ।

खुला उपाध्यक्षमा भिमसेन बन्जरा निर्विरोध निर्वाचित भए । महिला उपाध्यक्षमा ३०५ मतसहित यसोदा देवी खरेल विजयी भइन । उनकी प्रतिद्धन्द्धी हिमा देवी बस्नेतले १५२ मत ल्याइन् ।

महासचिवमा भुवन प्रसाद निरौला १६३ मत ल्याएर विजयी भए । चूडामणि पौडेलले ७४ मत ल्याए शिव अर्यालले ११६ देवी प्रसाद भट्टराईले ८३ शान्तिराम खतिवडाले २७ मत ल्याए ।

त्यसैगरी उपमहासचिवमा बाबुराम राई २१७ मतका साथ विजयी हुँदा बालकृष्ण आचार्यले १२१ र सहकुल खत्रीले ११८ मत पाए । सचिवमा युवक कुमार गौतम १३९ र मुकुन्द प्रसाद अधिकारी १३१ मतका साथ विजयी भए । अधिकारी र हरिप्रसाद मैनालीको समान १३१ मत आएको भएपनि गोलाबाट अधिकारी विजयी भएका हुन् ।

सचिवमा अनिता गुरुङ २२७ मतका साथ विजयी हुँदा राधिका खतिवडाले २२२ मत पाइन् ।

हेर्नुहोस् सूची

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.