Connect with us

समसामयिक

अमेरिकाबाट चार्टर विमानमार्फत फिर्ता पठायो १० आप्रवासी नेपाली, प्रहरीले सोधपुछ गर्ने

Published

on

कागजातविहीन १० नेपाली नागरिकलाई लिएर अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बुधबार बिहान करिब १० बजे विमानास्थलमा अवतरण गरेको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई स्वदेश फर्काइएको हहो । अमेरिकी प्रशासनले आफ्नो विशेष विमानमार्फत बुधबार उनीहरूलाई फिर्ता पठाएको हो ।

विभिन्न माध्यमबाट अमेरिका पुगेर लुकिछिपी बस्दै आएका नेपालीको संख्या हजारभन्दा बढी भएको बुझिएको छ । कागजातविहीन त्यस्ता नेपालीलाई पहिलोपटक विमान चार्टर गरी ल्याइएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विदेशी नागरिक निकाल्ने अभियानलाई तीव्रता दिएका छन् । नेपाल ल्याइएको त्यस्ता व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्ने भएको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.