Connect with us

समसामयिक

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस दोस्रो पटक च्याम्पियन

Published

on

नेपाल पुलिस क्लब लगातार दोस्रो पटक प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

अर्को बिभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिस लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

शनिबार सिद्धार्थ क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पुलिसले जम्मा २५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेर च्याम्पिनयको उपाधी हासिल गरेको हो ।

जसअनुसार पुलिसका लागि कुशल भुर्तेलले ७० बलमा ७ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरेका थिए भने अमीत श्रेष्ठले ३९ र दिलिप नाथले अविजित ३१ रन बनाएका थिए ।

पहिलो विकेटका लागि कुशल र अमीतले ७७ रनको साझेदारी गर्दा  आर्मीका लागि शाहब आलमले ३  तथा नरेन साउदले १ विकेट मात्रै हात पार्न सफल भएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेर पुलिस सामु चुनौती खडा गरेको थियो ।

जसअनुसार आर्मीका लागि बसिर अहमदले १०४ बलमा ९ चौका र १ छक्काको मद्दतले अविजित ८६ रनको योगदान गरेका थिए भने कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन मात्रै बनाएका थिए ।

पुलिस समग्रमा चौथो पटक च्याम्पियन बनेको हो । पुलिस सन् २०१७ मा आर्मीसँग संयुक्त रुपमा तथा २०१९ र २०२४ मा एकल रुपमा विजेता बनेको थियो । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.