Connect with us

Uncategorized

प्रधानमन्त्री कपको फाइनलमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने

Published

on

नेपाल पुलिस क्लबले पहिलो हार ब्यहोरेको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पुलिसले पहिलो हार व्यहोरेको हो ।

आज भएको दुइ विभागीय टोलीको खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पनि फाइनलमा प्रवेश गरेको छ । लगातार सातौं जीत हासिल गरेको पुलिस एक खेल अगावै फाइनलमा पुगिसकेको छ ।

भैरहवाको एक्ट्रटेक ओभलमा पुलिसले प्रस्तुत गरेको १४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । आर्मीका लागि विवेक यादवले अविजित ४१, तृतराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२, कप्तान विनोद भण्डारीले अविजित १३ र बसिर अहमदले १२ रज बनाउन सफल भए ।

पुलिसका लागि ललितनारायण राजवंशीले ४ तथा कप्तान दीपेन्द्रसिंह ऐरी र करण केसीले समान एक एक विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४१।४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो ।

जीतसँगै आर्मीले ९ खेलमा १६ अंक जोड्यो । पहिलो पराजय बेहोरेको पुलिसको पनि समान खेलबाट १६ अंक नै रहेको छ । सामान अंक भए पनि नेट रनरेटका आधारमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.